अनियन्त्रित भइ सडकमा ट्रक पल्टिँदा दुई जनाको मृत्यु, आठ घाइते

अनियन्त्रित भइ सडकमा ट्रक पल्टिँदा दुई जनाको मृत्यु, आठ घाइते


  • विकाश रौनियार, धादिङ

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर-१० स्थित हनुमानडाँडामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

धादिङबेशीबाट सल्यान्टारतर्फ जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको गाडी दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा कपिलवस्तुका अन्दाजी ३०-५३ वर्षीय इन्द्रजीत पासी र सोही ठाउँका २५ वर्षीय सद्दाम अन्सारी रहेको धादिङका अस्पतालका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।

त्यस्तै घाइते हुनेहरुमा मुजफ्फरपुर, भारतका २० वर्षीय मोहम्मद जुबेद, कपिलवस्तुका ५८ वर्षीय साधु धोवी, सोही ठाउँका ५१ वर्षीय मंग्र पासी, २२ वर्षीय विनोद चमार, २८ वर्षीय तुल्सीराम पासी, कञ्चनपुर २४ वर्षीय भीमबहादुर चौधरी, मकवानपुरको ३९ वर्षीय सूर्यबहादुर थिङ, सोही ठाउँका १८ वर्षीय अनिस थिङ रहेका छन् ।

घाइते ८ जना मध्ये विनोद चमार र तुल्सीराम पासीको धादिङ अस्पतालमा सामान्य उपचार पश्चात काठमाण्डौं रेफर गरिएको छ ।

धादिङबेसी-सल्यानटार भित्री सडक खण्डमा धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक महोत्सव निर्माणका लागि रड, फलामका सामानहरु बोकेको अवस्थामा आफै अनियन्त्रित भइ सडकमै पल्टिएर दुर्घटना निम्तिएको हो ।