नेपालमा डेंगुका बिरामी हालसम्मकै सर्वाधिक, हालसम्म ३९ जनाको मृत्यु

नेपालमा डेंगुका बिरामी हालसम्मकै सर्वाधिक, हालसम्म ३९ जनाको मृत्यु


नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयताबाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यो संख्या नेपालमा हालसम्मकै उच्च हो ।

दशैंको मुखमा डेंगु लागेपछि सर्वसाधारणको बिचल्ली भएको छ ।

डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ।