पुरुषलाई फसाउने नियतले बलात्कारको झुठो जाहेरी दिने महिला पक्राउ

पुरुषलाई फसाउने नियतले बलात्कारको झुठो जाहेरी दिने महिला पक्राउ


आफूलाई जबर्जस्ती करणी गरेको भन्दै झुठो जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी वर्दघाट चिसापानी घर भइ हाल काठमाडौ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरिएको हो ।

आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याइ अचेत बनाएर एक पुरुषले जबर्जस्ती करणी गरेको भनी प्रहरीवृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महिलाको निवेदनउपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाइ जाहेरी दरखास्तसमेत दिएको हुँदा निज महिलालाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ । उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।