चिनियाँ राजदूत यान्छीको कार्यकाल पूरा, आगामी महिना स्वदेश फर्कंदै

चिनियाँ राजदूत यान्छीको कार्यकाल पूरा, आगामी महिना स्वदेश फर्कंदै


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना स्वदेश (चीन) फर्कने भएकी छन् ।

आफनो चारवर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् ।

चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको स्रोतले जनाएको छ ।

राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने भन्ने बारेमा भने कुनै निर्णय चीन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन् ।

उनले यस महिनामा राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरुसँग बिदाइ भेट गर्ने बुझिएको छ । ।