नेपालका लागि नयाँ अमेरिकी राजदुतमा डिन थम्पसन नियुक्त

नेपालका लागि नयाँ अमेरिकी राजदुतमा डिन थम्पसन नियुक्त


र्‍यान्डी बेरी स्वदेश फर्कंदै

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार शुक्रबार थम्प्सन नियुक्त भएसँगै आफ्नो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी भने आज आइतबार स्वदेश फर्कँदै छन् ।

हाल राज्य विभागमा दक्षिण र मध्य एशियाका लागि उप-सहायक प्रमुख सचिव र २०२० देखि २०२१ सम्म कार्यवाहक सहायक सचिव रहेका थम्प्सन यसअघि मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासको मिसनका उपप्रमुख रहेका थिए । थम्प्सन कहिले नेपाल आउने भन्नेबारे जानकारी प्राप्त भएको छैन ।