महिला प्रहरीमाथि जबर्जस्ती करणीको आरोपमा इन्सपेक्टर ढुंगाना पक्राउ

महिला प्रहरीमाथि जबर्जस्ती करणीको आरोपमा इन्सपेक्टर ढुंगाना पक्राउ


  • विकाश रौनियार, धादिङ

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुंगाना जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामबहादुर खत्री पुष्टि गरेका छन् ।

स्रोतका अनुसार ढुंगानाले महिला प्रहरी बस्ने क्वार्टरमै गएर जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेर छानबिन गरिएको हो । इन्सपेक्टर ढुंगानालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

खानीखोलामा कार्यरत महिला प्रहरी कर्मचारीमाथि रातको समयमा जबर्जस्ती करणी उद्योग गरेको खबर पाएपछि प्रहरी निरीक्षक ढुंगानालाई झिकाइएको डीएसपी खत्रीले बताए । उनका अनुसार घटना शनिबार बिहान १ बजेतिर भएको थियो । यसबारे खबर भने बिहान ७ बजे भएको उनको भनाइ छ ।