राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका

राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका


विजया दशमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ ।

राष्ट्रपति भण्डारीले बुधबार दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुभएको हो ।

टीका लगाउनको लागि सर्वसाधारण राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए ।