जहाजबाट ओर्लिएलगत्तै सन्दिप लामिछाने पक्राऊ

जहाजबाट ओर्लिएलगत्तै सन्दिप लामिछाने पक्राऊ


नेपाली त्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने पक्राउ परेका छन् ।

कतार एवरवेजबाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाटै पक्राउ परेका हुन् । जहाजबाट ओर्लिएलगत्तै अध्यागमन विभागले प्रहरीलाई जिम्मा लगाएको र तत्कालै प्रहरीले हत्कडी लगाएको थियो । उनलाई विमानस्थलबाट सोझै गौशाला प्रहरी वृत्तमा लगिएको बताइएको छ ।

नाबालिकामाथि यौन दुर्व्यवहार र बलात्कारको आरोप लागेका पुर्वकप्तान लामिछाने सम्पर्कविहीन अवस्थामा रहेका थिए ।

पक्राउ परे लगत्तै उनमाथिको अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।