सिट बाडफाँटका लागि गठबन्धन बैठक आज पनि जारी

सिट बाडफाँटका लागि गठबन्धन बैठक आज पनि जारी


  • file photo

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको असहमतिका बीचमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक वालुवाटारमा आज (२० असोज) पनि जारी रहेको छ ।

आगमी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी सिट बाँडफाँटका बारेमा अन्तिम प्रयासस्वरुप बैठक जारी राखिएको सम्बद्ध नेताहरुले बताएका छन् ।

औपचारिक रुपमा नै जसपा नेपालले सत्तारुढ गठबन्धन भन्दा बाहिर गएर अन्य पार्टीसँग तालमेलको विकल्प खुल्ला गरेर निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने नेकपा एसले पनि नेकपा एमालेले जीत हासिल गरेका स्थान भन्दा कम सिट दिएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । यी असन्तुष्टिका बीचमा सत्तारुढ गठबन्धनको बैठक वालुवाटारमा बसिरहेको हो ।