अमलेखगञ्जमा बस दुर्घटना, १० जनाको मृत्यु, थप विवरण आउन बाँकी

अमलेखगञ्जमा बस दुर्घटना, १० जनाको मृत्यु, थप विवरण आउन बाँकी


बाराको जीतपुर सिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुलनजिकै यात्रुवाहक बस पल्टिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा.प्र. ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले हालसम्ममा १० जनाको मृत्‍यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए ।

घाइतेहरुको उद्धारको कार्य जारी छ । उनीहरुलाई सिमरास्थित अल्पाइन र हेटौँडा अस्पतालमा अपचारका निम्ति पठाउने कार्य भइरहेको बताइएको छ ।

दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।