अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूलनजिकै यात्रुवाहक बस पल्टिँदा कम्तिमा १६ जनाको मृत्यु भएको हो ।
हेटौंडाबाट पथलैया आउँदै गरेको बा. प्र. ०६ ००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ६ जना महिला छन् ।
मृतकको नामावली यसप्रकार छ-
१) जिल्ला बारा कलैया उमनपा-२ बस्ने अन्दाजी वर्ष ४०/४१ को लिलाराज चौधरी, सहकारी अस्पतालमा
२) जि,चितवन खैरहनी नपा- ५ बुडौली बस्ने वर्ष ६३ की नन्दकुमारी पुडासैनी, टाउकोमा चोट (उपचारको क्रममा) चुरेहिल अस्पतालमा
३) जि चितवन कालिका नपा ९ रमाईलो चोक बस्ने बस्ने शंकर कडेलको छेरा वर्ष अन्दाजी १४/१५ को सफल कँडेल, चुरेहिल अस्पतालमा
४) जिल्ला पर्सा बिरगंज मनपा-१६ बस्ने वर्ष अन्दाजी ६५ को सोमप्रसाद चौरासिया, हेटौडा अस्पतालमा
५) ऐ ऐ बस्ने अन्दाजी वर्ष ३५/३६ कि मन्निदेवी चौरासिया, हेटौडा अस्पतालमा
६) जिल्ला मकवानपुर हेटौडा उमनपा-७ बस्ने वर्ष अ ५५/५६ की शुभलक्ष्मी श्रेष्ठ, हेटौँडा अस्पतालमा
७) ऐऐ बस्ने अन्दाजी वर्ष १९/२० कि सोस्तिका श्रेष्ठ हेटौडा अस्पतालमा
८) जिल्ला बारा कलैया उमनपा-१० बस्ने अन्दाजी वर्ष ३५/३६ की नाजलिन खातुन, हेटौँडा अस्पतालमा
९) जिल्ला बारा जितपुरसिमरा उमनपा-२२ बस्ने वर्ष अन्दाजी २८ को सुरेश बिक। हेटौँडा अस्पतालमा
१०) जिल्ला बारा कलैया उमनपा १० बस्ने अन्दाजी वर्ष २५/२६ को इताजत अंसारी हेटौँडा अस्पतालमा
११) जिल्ला ओखलढुङ्गा बस्ने लालबहादुर बोगटी (साथमा रहेको एक्सापयर भइसकेको प्रनानिको परिचयपत्र अनुसार) हेटौँडा अस्पतालमा,
१२) जिल्ला चितवन खैरेनी नपा-५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, हेटौँडा अस्पतालमा
१३) जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कँडेल, हेटौडा अस्पतालमा
१४) जिल्ला धनुषा जनकपुर उमनपा-५ बस्ने वर्ष ५० को सन्तोष कुमार राय, पुरानो मेडिकल क्लेज चितवन
बाँँकी २ जनाको हेटौँडा अस्पतालमा शव रहेको, नामथर वतन खुल्न बाँकी ।
प्रतिक्रिया