सतहत्तरै जिल्लामा फैलियो डेङ्गु, हालसम्म ४७ जनाको मृत्यु

सतहत्तरै जिल्लामा फैलियो डेङ्गु, हालसम्म ४७ जनाको मृत्यु


डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, शनिबार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । एक हजार ७६३ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ६७ छ ।

नेपालमा हालसम्म १० लाख एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ लाख ८७ हजार चार सय ३८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । बाह« हजार १८ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

शनिबार ३० हजार आठ ७६ जनाले कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८४ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा लगाएका छन् ।