डडेल्धुरामा रास्वपाको विजय ऱ्याली

डडेल्धुरामा रास्वपाको विजय ऱ्याली


  • डम्बर निदाल, डडेल्धुरा

उपनिर्वाचन परिणामबाट उल्लसित रास्वपा समर्थकहरूले डडेल्धुरामा विजय ऱ्याली प्रदर्शन गरेका छन् । रास्वपा सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएपछि डडेल्धुरामा समेत खुशीयालीमा ऱ्याली निकालिएको हो ।

यही बैशाख १० गते सम्पन्न उप निर्वाचनमा रवि चितवन क्षेत्र नं. २ र वाग्ले तनहुँ क्षेत्र नं. १ बाट विजयी भएपछि बुधबार डडेल्धुरामा बधाई एवम् शुभकामनासहित विजय ऱ्याली निकालिएको हो ।

तनहुँ १ र चितवन २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सर्वाधिक मतले विजयी भएपछि सो पार्टीका कार्यकर्ता तथा समर्थकहरूले डडेल्धुरामा मोटरसाइकल ऱ्याली प्रदर्शन गरे ।

पार्टीका केन्द्रीय सभापति रवि लामिछाने र अर्थविद बौद्धिक व्यक्तित्वलाई जनताले अत्यधिक मतले जिताएको सम्मानमा डडेल्धुरा सदरमुकामको स्याउले बजारदेखि कीर्तिपुरसम्म ७ किलोमिटर ऱ्याली निकाल्दा राजमार्ग सडकछेउका सर्वसाधारणले पनि ऐक्यबद्धता जनाएका थिए । रवि र रास्वपाका समर्थक युवाहरूले हातमा राष्ट्रिय झण्डा लिई घण्टी बजाउँदै नगर परिक्रमा गरेका थिए ।