सरुवाको विरोधमा घोराहीका शिक्षक कालो पट्टी बाँधेर काममा

सरुवाको विरोधमा घोराहीका शिक्षक कालो पट्टी बाँधेर काममा


नेपाल शिक्षक महासंघको आह्वानमा घोराही, दाङका शिक्षकहरुले बुधबार हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकहरुको सरुवा गरेको विरोधमा उनीहरु विरोधमा उत्रिएका हुन् ।

शिक्षक सरुवाको नेपाल शिक्षक महासंघसहित शिक्षकका विभिन्न १३ वटा संगठनले विरोध प्रकट गरेका छन् ।

जिल्लामा क्रियासील आठवटा संगठनले सम्युक्त विज्ञप्ति निकालेर पर्सी शुक्रबार दिउँसो २ बजे घोराहीमा विरोध ऱ्याली आयोजना गर्ने भन्दै उपस्थितिको लागि आग्रह गरेका छन । घोराही उपमहानगरपालिकाले चैत ८ गते दरबन्दी मिलानका नाममा १ सय १ जना शिक्षकको सरुवा गरेपछि शिक्षकहरु आन्दोलिन भएका छन् ।

प्राथमिक तहको दरबन्दी मिलानका नाममा मा.वि., निमावि र सहयोगी कार्यकर्ताको ज्यादतीपूर्ण सरुवा गरेपछि आन्दोलनको बिकल्प नभएको नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिए ।