पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु


मकवानपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका-७ हात्तीखोलास्थित सार्वजनिक जग्गामा सिँचाइका लागि खनेको पोखरीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने रामकुमार राईकी ११ वर्षीया छोरी बिनिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो पौडी खेल्न जाने क्रममा पोखरीमा डुबेकी बलिकालाई बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि बकैया आधारभूत स्वास्थ्य केन्द्र छतिवन पठाएको र बालिकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।