‘निरु किचन’की सञ्चालकको हत्या आशंकामा एक व्यक्ति प्रहरी नियन्त्रणमा

‘निरु किचन’की सञ्चालकको हत्या आशंकामा एक व्यक्ति प्रहरी नियन्त्रणमा


कपनको सरस्वतीनगरस्थित ‘निरु किचन’की सञ्चालक निरु भनिने निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । उक्त घटनाको अनुसन्धानका लागि गठित छानबिन समितिले शनिबार राति झापाबाट झापाबाट विनोद विकलाई पक्राउ गरे पनि यसबारे प्रहरीले औपचारिक जानकारी दिन बाँकी छ ।

७ वैशाखमा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो । प्रहरी प्रभाग, कपनको टोली घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएको थियो, तर चिकित्सकहरुले मृत घोषित गरेका थिए । निरुको शरीरमा कम्तीमा १९ पटक छुरा प्रहार गरिएको पोष्टमार्टम रिपोर्टले दर्शाएको थियो ।