केबलकार उद्घाटनका लागि प्रधानमन्त्री चितवनमा

केबलकार उद्घाटनका लागि प्रधानमन्त्री चितवनमा


तस्बिर : रासस

प्रधानमन्त्री प्रचण्ड आज चितवन पुगेका छन् । आज दिउँसो उनी जहाजबाट चितवन पुगेका हुन् ।

नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकारको सोमबार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड चितवन पुगेका हुन् । योसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान प्रेस सेन्टर नेपालले आयोजना गर्ने ‘पत्रकारसँग प्रधानमन्त्री’, बिहान हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले सञ्चालन गरेको प्याराग्लाइडिङको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डआज शिवनगरस्थित आफ्नै निवासमा रहने कार्यक्रम छ । सोमबार चितवन र नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भई दिउँसो १ बजे उनी काठमाडौं फर्कने कार्यक्रम रहेको चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिएका छन् ।