विराटनगर आगलागी : तीनको मृत्यु, गम्भीर घाइते तीन जनाको उपचार जारी

विराटनगर आगलागी : तीनको मृत्यु, गम्भीर घाइते तीन जनाको उपचार जारी


मोरङको विराटनगर महानगरपालिका-७, सातघुम्तीमा बुधबार दिउँसो भएको आगलागीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तीन जना घाइतेको उपचार भइरहेको छ ।

सातघुम्तीमा रहेको टिनको छाप्रो भएको कवाडी पसलमा भएको आगलागीमा विराटनगर-६ का ५५ वर्षीया सुशीला पासवान, वडा ६ कै ६५ वर्षीया सुनिता कामत र स्थानीय ४० वर्षका दीपक मण्डलको मृत्यु भएको हो ।

बिराटनगर-६ कै ६० वर्षीया रीता सरदारको अवस्था गम्भिर रहेको र उनको काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भईरहेको छ । यस्तै, स्थानीय ५८ वर्षका किशोर पासवान मोरङको कटहरी-६ कि ३० वर्षीया पिङ्की कामतको पनि बर्न अस्पतालमै उपचार भइरहको छ ।