मेलम्ची नदीमा महिलाको शव

मेलम्ची नदीमा महिलाको शव


सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ तालामाराङमा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

कार्यालयका प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेनाका अनुसार हेलम्बु गाउँपालिका-५ की तामाङको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

परिवारसँग काठमाडौं जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका-२ चिउरीखर्कस्थित खोला तर्दै गरेका देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि काठमाडौं पठाइएको र यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

Representative image