रोटरी इण्टरनेशनलद्वारा वरिष्ठ पत्रकार पन्त सम्मानित

रोटरी इण्टरनेशनलद्वारा वरिष्ठ पत्रकार पन्त सम्मानित


सामाजिक क्षेत्रमा क्रियाशील रोटरी इण्टरनेशनल डिस्ष्ट्रिक ३२९२ ले पत्रकारिता क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्ने पत्रकाहरुलाई सम्मान गर्दै आगामी दिनमा पनि सामाजिक न्याय, शान्ति समृद्धिका लागि उत्प्रेरित गरेको छ ।

स्वास्थ्य, शिक्षा सामाजिक, वातावण, शान्ति द्वन्द्व, लैङ्गिक समानता र मानवअधिकार जस्ता विषयमा अन्तरर्राष्ट्रिय स्तरमै नेतृत्वदायी भुमिका निर्वाह गरेको रोटरी इण्टरनेशनल ३२९२ ले द्वन्द्व न्यूनीकरण, शान्ति र समृद्धिका लागि तीन दशक अगाडिदेखि कलम चलाएको भन्दै नेपाली पत्रकारहरुको अन्तराराष्ट्रिय संजाल इन्जा एशियाका अध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तलाई सम्मान गरेको छ ।

५१ हजार राशिसहित डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले एक समारोहकाबीच पत्रकार पन्तलाई सम्मान गरेका हुन् । त्यसैगरी भैरव रिसाल, तिलक तिवारी, विद्या राई, स्वस्तिक श्रेष्ठ, रामु सापकोटा, वसन्तप्रताप सिंह, अमर सुनार रोटरी इण्टरनेशनल अवार्डवाट सम्मानित भएका छन् ।

पुरस्कार ग्रहण गर्दै पत्रकार पन्तले आफूसंगै कलेज पढ्नेहरु लोकसेवा पढ्दै गर्दा आफू समाजका चुनौति र समाजका अनुकरणीय पक्षलाई उजागर गर्ने उद्देश्यले पत्रकारिता प्रारम्भ गरेको र पत्रकारितामार्फत आफूले उदाहरणीय पक्ष औंल्याएको बताए ।

रोटरी इण्टरनेशनल डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले शान्ति समृद्धि, समाजसेवा र विभिन्न क्षेत्रमा रोटरीले पु¥याएको योगदान अविश्मरणीय मात्र होइन आफैले समय, बुद्धि र लगानी समेत गरेर सेवाभाव गर्ने गरेको जानकारी गराउँदै राज्यको चौथो अंगको रुपमा पत्रकािरता क्षेत्रसँग एकसाथ जानुपर्छ भन्ने उद्देश्यले रोटरी इण्टरनेशनलले अवार्ड कमिटी नै बनाएर धेरैमध्येबाट उत्कृष्ट काम गर्ने पत्रकारलाई सम्मान एवं पुरस्कृत गर्ने गरेको जानकारी गराए ।