औषधि व्यवसायी संघ पाँचथर : खतिवडा र बरालको सेटिङले व्यवसायी हैरान !

औषधि व्यवसायी संघ पाँचथर : खतिवडा र बरालको सेटिङले व्यवसायी हैरान !


औषधि व्यवसायी संघ पाँचथर-ताप्लेजुङ संयुक्त शाखा अधिवेशन तथा कार्यसमिति गठनमा प्रदेश अध्यक्ष कुमार खतिवडा र वरिष्ठ उपाध्यक्ष नरेन्द्र बरालले सेटिङ गर्दै नियमविपरीत निर्णय गराएको भन्दै आलोचना भइरहेको छ ।

संघका केन्द्रीय सदस्य प्रदीप दास, प्रदेश प्रतिनिधि उपाध्यक्ष श्याम कोइराला, प्रदेश सदस्य खेमलता काफ्ले, झापा जिल्लाका प्रतिनिधि र जिल्लाका सदस्यसमेतले व्यापक छलफल गरी विधानबमोजिम पाँचथर र ताप्लेजुङ अलग अलग गरी संघ गठन गर्न माग गर्दा खतिवडा र बरालले गैरव्यवसायी राखेर संयुक्त समिति बनाएको पाँचथरका औषधि व्यवसायीहरुले आरोप लगाएका छन् ।

पाँचथर-ताप्लेजुङ नेतृत्वविहीन अवस्थामा रहेको र उक्त समानान्तर प्यारेलाल समिति नभइ खाली रिक्त रहेको अवस्थामा तदर्थ समिति गठन भएको र केन्द्र वा प्रदेशले पूर्णता दिए निरन्तरता पाउने वा अर्को गठन गरेको अवस्थामा आफैं निस्कृय भैजाने व्यहोरा पाँचथर-ताप्लेजुङ संयुक्त समितिका अध्यक्ष वसन्तराज पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । औषधि व्यवसायमा आवद्ध नै नरहेका व्यक्तिलाई सदस्य बनाएर गत वैशाख १७ गते अधिवेशन गरिएको भनिएको र त्यो मृत भएको समिति जीवित हुने अवस्था नै नरहेको हुँदा हालकै तदर्थ समितिलाई पूर्णता दिने समितिले माग गरेको छ ।

खतिवडा र बरालले अधिक मत पाउने आशामा गैरव्यवसायीलाई सदस्य बनाएको आरोप पनि लगाइएको छ ।