न्यायिक मर्यादा ध्वस्त हुने खतरा

न्यायिक मर्यादा ध्वस्त हुने खतरा


विवादास्पद ढङ्गले उच्च अदालतका न्यायाधीशहरूको नियुक्ति भएपछि न्यायिक क्षेत्र अस्तव्यस्त बनेको छ । नेकपा एमाले, राप्रपा र मधेसी मोर्चालगायतले न्यायाधीश नियुक्तिप्रति असहमति जनाउँदै त्यसलाई सच्याउन माग गरेका छन् । सरकारी वकिलहरूले नेपालको न्यायिक इतिहासमै बेञ्च बहिष्कार गरेर न्यायपरिषद्को नाममा भएको निर्णयको उछित्तो काढेका छन् । पूर्वन्यायाधीश मञ्च, बार एसोसिएसन र प्रजातन्त्रवादी कानुन व्यवसायी सङ्घलगायतले नियुक्तिको विरोध गर्दै सच्याउन माग गरेका छन् । यस प्रकरणबाट प्रधानन्यायाधीश सुशीला कार्की इतिहासकै सबैभन्दा विवादास्पद र असफल सिद्ध हुनुभएको छ । कार्की आफँै माओवादी नेतृत्वको सरकार भएका बेला वि.सं. २०६५ सालमा वैजनाथ उपाध्यायभन्दा बरियतामा अगाडि पर्ने गरी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको हो ।

कार्कीको नियुक्ति माओवादीले गरेको भए पनि यसको सूत्रधार भने कल्याण श्रेष्ठ मानिन्छन् । कल्याणको स्थायी ठेगाना बाग्लुङ भए पनि कल्याण र सुशीला कार्की दुवैको शिक्षा विराटनगरमा सम्पन्न भएको हो । उनीहरूबीचको घनिष्ठता कल्याण श्रेष्ठ सुनसरी जिल्ला अदालतको न्यायाधीश र पुनरावेदन अदालत विराटनगरको न्यायाधीश भएको बेला झन् सुदृढ भएको मानिन्छ ।

मध्यरातमै किन ?

पुनरावेदन अदालतमा कार्यरत न्यायाधीशको सङ्ख्यामा लगभग ५० वटा दरबन्दी थप गरी २०७२-५-३१ मा १६० पु¥याइएको थियो । तर, अहिले पुनरावेदन अदालतमा न्यायाधीश सङ्ख्या कमी भई मुद्दा छिन्न मुस्किल भएर रातारात न्यायाधीश नियुक्त गर्नुपरेको भने होइन । केवल राजनीतिक आस्थाका आधारमा आफ्ना मानिसलाई न्यायालयमा प्रवेश गराई न्यायपालिका कब्जा गर्ने रणनीतिअन्तर्गत यो कार्य भएको हो । उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशको हातमा कल्याण श्रेष्ठ र अग्नि खरेलले तयार पारेको नामलिष्ट थमाइएको बुझिन्छ भने कानुनमन्त्री र प्रधानमन्त्रीद्वारा नियुक्त सदस्य (दुवै माओवादी) हुँदाहुँदै माओवादीले तयार गरेको नामावली बोकेर स्वयम् वर्षमान पुन प्रधानन्यायाधीशनिवासको बैठकमा उपस्थित भएका थिए । माओवादीको योजना हुबहु कार्यान्वयन गर्न हालका दुई सदस्यहरू रामप्रसाद सिटौला र वैजनाथ उपाध्याय बाधक हुने देखेर उहाँहरूको अनुपस्थितिमा नियुक्त गर्नुपरेको बताइन्छ । कथंकदाचित उक्त रात नियुक्ति नगरिए त्यसपछि न्यायपरिषद्मा पदेन सदस्य बन्ने रोलक्रममा रहेका न्यायाधीश गोपाल पराजुलीले आफ्ना योजना चकनाचुर पार्ने डरले पराजुली सदस्य हुनुअघि नै मध्यरातमा ‘काम तमाम गर्ने’ बाध्यता पाइपरेको थियो । प्रधानन्यायाधीशले न्यायालयमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गर्न लागेको जानकारी पाएर अदालतका कर्मचारीहरू र बहालवाला जिल्ला न्यायाधीशहरूले बैठककक्ष घेर्ने डरले मध्यरातमै निवासमा काम तमाम गर्नुपरेको पनि स्पष्ट हुन आएको छ ।

छापामार शैलीमा भएको न्यायाधीश नियुक्तिको नेपाल बार एसोसिएसनले विज्ञप्ति निकालेर विरोध गरेको छ भने महान्यायाधिवक्ताको कार्यालयअन्तर्गतका सरकारी वकिलहरूले गत माघ ९ गतेदेखि नै निर्णय नसच्चिउञ्जेलसम्मका लागि नेपाल अधिराज्यभरिका अदालतका इजलास बहिष्कार गरेका छन् । नेपाल बार एसोसिएसनको महिला कानुन व्यवसायीले त प्रधानन्यायाधीशलाई नियुक्तिको विरोधमा ज्ञापनसमेत दिएका छन् । नेपालको न्यायिक इतिहासमा हालसम्म सरकारी वकिलबाट इजलास बहिष्कार भएको थिएन, त्यसैले यसलाई गम्भीर घटनाको रूपमा लिइएको छ । त्यसो त नियुक्तिपूर्व नै न्यायसेवाका अधिकृतहरूले न्यायपरिषद्को बैठककक्ष कुपण्डोलबाट सदस्यहरू बैठकको छलफलमा रहेकै बखत हस्तक्षेप गरी भागाभाग गराएका र पछि ज्ञापनपत्रसमेत बुझाएका थिए । बहालवाला न्यायाधीशहरूले पनि यो नियुक्तिको व्यापक विरोध गरेका र न्यायाधीशहरूबीच प्रधानन्यायाधीशप्रति चरम असन्तुष्टि भएको पाइएको छ । ३१ वर्षसम्म जिल्ला न्यायाधीश पदमै कार्यरत एकजना न्यायाधीशले त प्रधानन्यायाधीश र न्यायपरिषद्का सदस्यहरूलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट नै दायर गरेका र हाल कारण देखाउ आदेशसमेत जारी भएर विचाराधीन अवस्थामा छ । त्यसको अलावा पनि नियुक्तिको विरोधमा वकिलको तर्फबाट समेत छुट्टै मुद्दा परी सो पनि सर्वोच्च अदालतमै विचाराधीन हुन पुगेको छ ।

विभिन्न समारोहहरूमा न्यायाधीश नियुक्तिमा आर्थिक चलखेल हुने कुरा पटाक्षेप गर्दै आफूले पैसाको बिटो बोकेर आउने र राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई कदापि न्यायाधीश नबनाउने दाबी गर्दै आएकी प्रधानन्यायाधीशले अन्ततः तीनजना माओवादी छापामारको घेराबन्दीबीच मध्यरातमा आफ्नै सरकारी निवासमा स्वतन्त्र न्यायालयको गरिमालाई धक्का पु¥याउँदै न्यायालयमा माओवादी कार्यकर्ता र बिचौलियालाई न्यायाधीशको पदमा भर्ती गरेकी छिन् । महिला कानुन व्यवसायीको कार्यक्रममा आफूले कम्तीमा १२ जना महिलालाई न्यायाधीश बनाउने घोषणा गरेकी प्रधानन्यायाधीशले केवल ६ जना राजनीतिक पृष्ठभूमिका महिला न्यायाधीश बनाइन् । सीमित महिलालाई गरिएको यो नियुक्तिमा प्रधानन्यायाधीशको भन्दा पनि वर्षामान पुन र अग्नि खरेलको मुख्य भूमिका रहेको छर्लङ्ग भइसकेको छ ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतले म्याद थप गरी कानुनबमोजिम न्यायिक हिरासतमा रहेका आफ्ना नातेदार कनकमणि दीक्षितलाई आफ्नै बेन्चमा मुद्दा राखी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी प्राकृतिक न्यायको सिद्धान्त र न्यायिक मर्मको खिल्ली उडाएकी प्रधानन्यायाधीशको कार्यकाल झन्डै करिब पाँच महिना बाँकी रहेकोले न्यायिक क्षेत्रमा अझै कति वितण्डा मच्चिने हुन् चिन्ताको विषय बनेको छ । न्यायिक इतिहासमा न्यायपालिकाको योभन्दा दुरुह अवस्था यसअघि कहिल्यै नदेखिएको न्यायकर्मीहरू बताउँछन् ।

कुन न्यायाधीश कुन दल निकट ?

उच्च अदालतका न्यायाधीश चयन गर्ने क्रममा राजनीतिक दलसम्बद्ध व्यक्तिहरूलाई उच्च महत्व दिएको पाइएको छ । घटना र विचारको गताङ्कमा को–कसका नातेदार या आफ्नो मान्छे भएका कारण कसलाई न्यायाधीश बनाइए भन्ने तथ्य विवरण प्रकाशित भइसकेको छ । यसपटक हामीले नियुक्त न्यायाधीशहरूमध्ये को कुन पार्टीसँग सम्बद्ध छन् त्यसबारे जानकारी गराउने प्रयास गरिएको छ । नियुक्त व्यक्तिहरूमध्ये जिल्ला न्यायाधीशहरूबाट चयन गरिएका कतिपयको दलगत निकटता भए पनि उनीहरू व्यावसायिक र कुशल मानिन्छन् । अधिकांशको भने मुख्य योग्यता नै दलसँगको निकटता मात्र रहेको छ ।

विशिष्ट श्रेणीका कर्मचारीबाट :

क्रम नाम ठेगाना पार्टी पूर्वकार्यरत पोस्टिङ

१. राजेन्द्र सुवेदी प्युठान एमाले नायव महान्यायाधिवक्ता उच्च अ. पाटन
२. कृष्ण गिरी स्याङ्जा एमाले सचिव न्याय परिषद् “
३. श्रीकान्त पौडेल कास्की एमाले रजिस्ट्रार स.अ. “
४. महेश शर्मा पौडेल पर्वत एमाले सचिव, बेपत्ता छानबिन आयोग सुर्खेत
५. टेकप्रसाद ढुङ्गाना स्याङ्जा एमाले सचिव, कानुन मन्त्रालय पाटन

२०५८ सालका न्यायाधीशबाट

१. बालेन्द्र रूपाखेती कपिलवस्तु कङ्ग्रेस समर्थक का.जि.अ. उच्च अ. विराटनगर
२. अजयराज उपाध्याय रौतहट नखुलेको नुवाकोट जि.अ. उच्च अ. पोखरा, बाग्लुङ इजलास
३. विनोदमोहन आचार्य कास्की कङ्ग्रेस मोरङ जि.अ. उच्च अ. पाटन
४. भोलानाथ चौलागाईं रामेछाप माओवादी सिन्धुली जि.अ. “
५. अच्युत विष्ट ललितपुर रा.प्र.पा. समर्थक न्याय परिषद् उच्च अ. पोखरा
६. यज्ञराज भट्ट प्युठान एमाले का.जि.अ. उच्च अ. सुर्खेत
७. शेखरप्रसाद पौडेल रामेछाप एमाले कास्की जि.अ. उच्च अ. पाटन
८. बालचन्द्र शर्मा पर्वत एमाले रूपन्देही जि.अ. उच्च अ. पोखरा
९. ईश्वरराज आचार्य कास्की माओवादी धादिङ जि.अ. उच्च अ. तुल्सीपुर, बुटवल इजलास
१०. रामप्रसाद अधिकारी दाङ रा.प्र.पा.समर्थक का.जि.अ. उच्च अ. पाटन
११. गोपाल भट्टराई इलाम कङ्ग्रेस धनकुटा जि.अ. उच्च अ. जनकपुर, राजविराज इजलास
१२. रामप्रसाद ओली झापा एमाले का.जि.अ. उच्च अ. जनकपुर, वीरगञ्ज इजलास
१३. जगतप्रसाद श्रेष्ठ पर्वत एमाले गोरखा जि.अ. उच्च अ. पोखरा

पूर्वअतिरिक्त न्यायाधीशबाट

१. रमेशकुमार पोखरेल उदयपुर एमाले सहन्यायाधिवक्ता उच्च अ. जनकपुर
२. अग्निप्रसाद थपलिया झापा एमाले सहरजिस्ट्रार स.अ. उच्च अ. तुलसीपुर
३. ऋषिराम दवाडी काठमाडौं माओवादी सहन्यायाधिवक्ता उच्च अ. जनकपुर, वीरगञ्ज इजलास
४. नित्यानन्द पाण्डे कञ्चनपुर कङ्ग्रेस वकिल “
५. राजेश्वर तिवारी पर्सा एमाले “ उच्च अ. पाटन
६. दिनेशप्रसाद यादव सप्तरी माओवादी “ उच्च अ. जनकपुर, वीरगञ्ज इजलास
७. कृष्णलाल भट्टराई जुम्ला माओवादी “ उच्च अ. विराटनगर
८. नरबहादुर शाही हुम्ला काङ्ग्रेस “ उच्च अ. तुलसीपुर, बुटवल इजलास
९. शान्तिसिंह थापा कास्की कङ्ग्रेस “ उच्च अ. पाटन
१०. यमुना भट्टराई झापा एमाले “ “

२०६३ सालका न्यायाधीशबाट :

१. नारायणप्रसाद श्रेष्ठ बाँके नखुलेको कैलाली जि.अ. उच्च अ. तुलसीपुर, बुटवल इजलास
२. नारायणप्रसाद पोखरेल नवलपरासी काङ्ग्रेस कपिलवस्तु जि.अ. उच्च अ. जनकपुर
३. भोजराज अधिकारी सिन्धुली एमाले’ संखुवासभा जि.अ. उच्च अ. जनकपुर, राजविराज इजलास
४. रमेशकुमार खत्री संखुवासभा एमाले का.जि.अ. उच्च अ. पाटन
५. दयानाथ खरेल बाग्लुङ काङ्ग्रेस भक्तपुर जि.अ. उच्च अ. जनकपुर
६. शेखरचन्द्र अर्याल गुल्मी काङ्ग्रेस का.जि.अ. उच्च अ. दिपायल
७. शालिकराम कोइराला मोरङ अवसरमुखी दोलखा जि.अ. उच्च अ. जनकपुर, राजविराज इजलास
८. विष्णुप्रसाद कोइराला चितवन काङ्ग्रेस बाँके जि.अ. उच्च अ. जनकपुर, वीरगञ्ज इजलास
९. लक्ष्मीकृष्ण श्रेष्ठ भक्तपुर एमाले पर्सा जि.अ. उच्च अ. तुलसीपुर, बुटवल इजलास
१०. कृष्णकमल अधिकारी दाङ एमाले काजिअ उच्च अ. पाटन
११. चिन्तामणि बराल कास्की एमाले सिपाजिअ उच्च अ. पाटन, हेटौंडा इजलास
१२. अनन्तराज डुम्रे स्याङ्जा माओवादी कास्की जिअ उच्च अ. पाटन
१३. राजेन्द्र खरेल झापा एमाले ललितपुर जिअ उच्च अ. विराटनगर
१४. ठाकुरप्रसाद शर्मा पौडेल चितवन एमाले काजिअ उच्च अ. जनकपुर
१५. हरिप्रताप केसी गुल्मी काङ्ग्रेस “ उच्च अ. जनकपुर
१६. कृष्णबहादुर थापा दाङ अवसरमुखी रौतहट जिअ उच्च अ. सुर्खेत
१७. अच्युतप्रसाद भण्डारी जाजरकोट अवसरमुखी काजिअ उच्च अ. विराटनगर, इलाम इजलास
१८. ऋपिप्रसाद अधिकारी तनहुँ एमाले धनुषा जिअ उच्च अ. विराटनगर
१९. बलभद्र बास्तोला कास्की काङ्ग्रेस दाङ जिअ उच्च अ. पाटन
२०. टेकनारायण कुँवर पर्वत एमाले चितवन जिअ उच्च अ. विराटनगर, इलाम इजलास
२१. चन्द्रबहादुर सारू अर्घाखाँची एमाले स्याङ्जा जिअ उच्च अ. जनकपुर

न्याय सेवा रा.प. प्रथम श्रेणीबाट :

१. धीरबहादुर चन्द बैतडी राप्रपा मुद्दा हेर्ने अधिकारी श्रम अदालत उच्च अ. पाटन, हेटौँडा इजलास
२. लेखनाथ पौडेल कास्की एमाले मुद्दा हेर्ने अधिकारी वैदेशिक रोजगार न्यायाधीकरण उच्च अ. तुलसीपुर, नेपालगञ्ज इजलास
३. विपुल न्यौपाने झापा एमाले रजिस्ट्रार स.अ. उच्च अ. पाटन, हेटौँडा इजलास
४. नातिबाबु लामिछाने भक्तपुर एमाले रजिस्ट्रार उच्च अदालत तुलसीपुर उच्च अ. दिपायल, महेन्द्रनगर इजलास
५. रवि शर्मा अर्याल काठमाडौं अवसरमुखी सहसचिव, नेपाल कानुन आयोग उच्च अ. पाटन
६. साधुराम सापकोटा काभ्रे माओवादी सहसचिव, कानुन मन्त्रालय उच्च अ. पाटन

कानुन व्यवसायीबाट :

१. गणेशप्रसाद बराल ताप्लेजुङ माओवादी उच्च अ. तुलसीपुर, नेपालगञ्ज इजलास
२. सीताराम मण्डल धनुषा माओवादी उच्च अ. विराटनगर
३. सुदर्शनदेव भट्ट कञ्चनपुर काङ्ग्रेस उच्च अ. तुलसीपुर
४. सुवास पौडेल पर्वत एमाले उच्च अ. विराटनगर
५. जनक पाण्डे झापा काङ्ग्रेस उच्च अ. सुर्खेत
६. बामदेव ज्ञवाली दाङ एमाले उच्च अ. जनकपुर, राजविराज इजलास
७. श्यामजी प्रधान दोलखा माओवादी उच्च अ. पोखरा
८. गोकर्ण डाँगी दाङ काङ्ग्रेस उच्च अ. विराटनगर , धनकुटा इजलास
९. वासुदेव आचार्य अर्घाखाँची अवसरमुखी उच्च अ. जनकपुर, वीरगञ्ज इजलास
१०. खुसीप्रसाद थारू कैलाली अवसरमुखी उच्च अ. जनकपुर
११. मुनेन्द्रप्रसाद अवस्थी डडेलधुरा काङ्ग्रेस उच्च अ. तुलसीपुर, बुटवल इजलास
१२. मदन पोखरेल दाङ माओवादी उच्च अ. विराटनगर, इलाम इजलास
१३. शान्ता सेढाईं काठमाडौं काङ्ग्रेस उच्च अ. तुलसीपुर, बुटवल इजलास
१४. ध्रुवराज नन्द नवलपरासी अवसरमुखी उच्च अ. जनकपुर, वीरगञ्ज इजलास
१५. दुर्गाबहादुर विश्वकर्मा प्युठान माओवादी उच्च अ. दिपायल
१६. टंकप्रसाद गुरुङ डोटी माओवादी उच्च अ. सुर्खेत
१७. हरिप्रसाद पौडेल तनहुँ काङ्ग्रेस उच्च अ. विराटनगर
१८. राकेशकुमार निधि धनुषा काङ्गे्रस उच्च अ. विराटनगर, इलाम इजलास
१९. तेजनारायण सिंह राई धनकुटा माओवादी उच्च अ. पाटन
२०. बबिता उप्रेती झापा अवसरमुखी उच्च अ. जनकपुर, राजविराज इजलास
२१. रामबहादुर थापा तनहुँ माओवादी उच्च अ. जनकपुर, वीरगञ्ज इजलास
२२. शकुन्तला घिमिरे कास्की माओवादी उच्च अ. तुलसीपुर, बुटवल इजलास
२३. नसरुल्लाह अन्सारी नवलपरासी काङ्ग्रेस उच्च अ. जनकपुर, राजविराज इजलास
२४. दीपेन्द्रबहादुर बम बैतडी राप्रपा उच्च अ. विराटनगर, ओखलढुङ्गा इजलास
२५. राज्यलक्ष्मी बज्राचार्य काठमाडौं माओवादी उच्च अ. हेटौँडा