नेपाल–भारत मैत्री सङ्घलाई सुुषुप्त आवस्थाबाट निकाल्यौँ

नेपाल–भारत मैत्री सङ्घलाई सुुषुप्त आवस्थाबाट निकाल्यौँ


Om Sarawogi

– ओमप्रकाश सराबगी (केन्द्रीय अध्यक्ष, नेपाल–भारत मैत्री सङ्घ)

(नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष ओमप्रकाश सराबगी झापाको राजनीतिक एवम् सामाजिक क्षेत्रमा चिनाउनुपर्ने नाम होइन । राजनीतिक–सामाजिक क्षेत्रमा बुवा सुरजमल सराबगीका पुत्र ओमले पनि बुवाकै बाटो अँगाल्नुभयो । उद्योग–व्यापारमा पनि लामो समयदेखि सक्रिय रहे पनि ओमप्रकाश सराबगी केवल उद्योगी–व्यापारीमा सीमित नरहेर भद्रपुर नगरपञ्चायतको २०२९ मा पहिलो निर्विरोध प्रधानपञ्च, २०३८ मा दोस्रो पटक र २०४३ मा गरेर तीन कार्यकाल प्रधानपञ्चसमेत रहनुभएको छ । हाल नेपाली काङ्ग्रेसमा सक्रिय सराबगी नेपाल–भारत मैत्री सङ्घको दोस्रो अवधिको अध्यक्ष रहनुुभएको छ । दोस्रो कार्यकालको समय सकिन करिब दुई महिना बाँकी रहँदा सराबगीसँग गरिएको सङ्क्षिप्त वार्ता प्रस्तुत छ ।)

० तपाईं त जीवनको किशोरावस्थाबाटै राजनीतिमा सक्रिय मान्छे, यतिबेला किन चुपचाप हुनुहुुन्छ ?
– होइन, म चुपचाप छैन । बहुदल आएदेखि नै म नेपाली काङ्ग्रेसमा सक्रिय छुु । यद्यपि कुनै ठोस भूूमिकामा नदेखिएको हुुनाले चुपचापजस्तो देखिएको हुुन सक्छ । तर, राजनीति र सामाजिक कार्यकर्ताको रूपमा सक्रिय नभईकन रहन सकिनँ ।

० यसअघि पछिल्लो समयमा तपाईं भद्रपुर नगरपालिकाको मेयर पदको उम्मेदवार हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसको तर्फबाट, अहिले फेरि स्थानीय निकायको चुनावको चर्चा छ । के तपाईं यसपालि पनि उम्मेदवार हो ?

– एउटा पार्टीमा रहेको व्यक्तिका नाताले मलाई कुन भूमिका दिनुपर्छ त्यो पार्टीले जान्ने कुरा हो । तर, म अब नगरमै अल्झिरहन चाहन्नँ ।

० हाल तपाईं नेपाल–भारत मैत्री सङ्घको आफ्नो दोस्रो कार्यकाल पूरा गर्दै हुनहुुन्छ, तपाईंको कार्यकाल कस्तो रह्यो ?
– २०११ सालमा स्थापना भएर राष्ट्रकवि माधव घिमिरे संस्थापक अध्यक्ष रहनुुभएको संस्थामा आफ्नो दुुई कार्यकाल बिताउन पाउँदा आफूू गौरव गर्दछुु । तर, संस्था कहिले सक्रिय हुुने त कहिले सुषुुप्त रहने भएको थियो । हाम्रो कार्यकालमा संस्थालाई सुुषुप्त अवस्थाबाट बाहिर निकाल्यौँ ।

० कसरी ?
– यस संस्थाको उद्देश्य नेपाल–भारतका जनताबीचको सम्बन्ध सुुमधुुर बनाउने हो । ठूलो हल्लीखल्ली नगरी हामीले त्यसका लागि गोष्ठी र अन्तरक्रिया ग¥यौँ । बोर्डर टाउनहरूमा देखिएका समस्याहरू जनस्तरमा समाधान ग¥यौँ । सामाजिक संस्थामा राजनीतिमा जस्तो हल्लीखल्ली गर्नुुहुँदैन । हामीले धेरै कामहरू गरेका छौँ । ७३ जिल्लामा शाखा स्थापना भयो भने ३० उपशाखा बनेका छन् । आठ सय आजीवन सदस्य छन् ।

० यति मात्रै हो ?
– होइन । पाठेघर क्यान्सर आदि जस्ता स्वास्थ्य शिविर पनि ग¥यौँ । वार्षिक ७ वटा कार्यक्रम निर्धारित नै थियो । जसमा बुुद्धजयन्ती, गान्धीजयन्ती, नेपालको गणतन्त्र दिवस, लोकतन्त्र दिवस, भारतको गणतन्त्र दिवस र प्रजातन्त्र दिवस एवम् नारी दिवस मनाइन्छ ।

० अब दोस्रो कार्यालकाल पनि सकिँदै छ । अब के गर्ने सोच छ ?
– होइन, गरिरहेकै छुु नि । झापा र प्रदेशको राजनीतिमा अझ सक्रिय रहने सोच बनाएको छुु ।