विशेष सक्रियताको खा“चो -बबिता बस्नेत

विशेष सक्रियताको खा“चो -बबिता बस्नेत


राजनीतिक दलहरूका अनेक नाटकीय गतिविधि हर्ेदाहेर्दै संविधान निर्माणका निम्ति थपिएको ६ महिना पनि यसै सकिएको छ । यो ६ महिनाको बीचमा प्रजातान्त्रिक अभ्यासका नाममा सबैभन्दा ठूलो ‘ड्रामा’ त प्रधानमन्त्रीको निर्वाचन नै भयो, त्यसपछिका अन्य गतिविधिहरूमा उस्तै पुराना कुराहरूले ठाउ“ पाए, जस्तो आज एउटा कुरा बोल्ने भोलि खण्डन गर्ने, ‘शिर्षस्थ’ नेताहरूको बैठक बस्ने कुनै निर्णय नहुने, लडाकु व्यवस्थापन, शान्तिप्रक्रियाका कुरा हुने काम नहुने, सरकार बनाएरै छाड्ने, बनाउन नदिने, बजेट ल्याएरै छाड्ने, ल्याउन नदिने यी र यस्तै प्रकारका संवादका लागि भएका गतिविधिहरू सम्पन्न भएर यो ६ महिनाको समय गुज्रिएको छ । अब बा“की छ महिनाको समय के कुरा गरेर बित्ला भनेर कुनै पनि सचेत नेपाली नागरिकले सहजै अन्दाज गर्न सक्छ, निश्चित छ अबको ६ महिना ‘संविधान समयमै बन्छ र संविधान समयमै बन्न सम्भव नै छैन, बन्दैन, बन्न सक्दैन’ जस्ता कुरा गरेर बित्नेछ । फेरि यो मुलुकमा यस्तो दिन आउनेछ जतिबेला संविधान बनाउने नाममा पुनः संविधानसभाको म्याद थप्ने कि नथप्ने भनेर बहस मात्र होइन दौडधुपसमेत हुनेछ । जबसम्म राजनीतिक इमानदारी रह“दैन तबसम्म यसप्रकारका गतिविधिहरू जारी रहनेछन् । हामी सबैलाई थाहा छ, यो देशका करिब ३ करोड जनताको भविष्यको फैसला तीनवटा राजनीतिक दलका तीनजना नेताहरूले गर्ने काम भइरहेको छ । संविधानसभा गठन भएपछि त्यहा“बाट सर्वस्वीकार्य भएर राज्यको संरचना, राष्ट्र प्रमुखको स्वरूपजस्ता कुराहरू संविधानमा लिपिबद्ध गरेर लागू गरिनुपर्नेमा संविधानसभाको पहिलो बैठकले नै धेरै कुराहरूको निर्णय गर्‍यो । नेपाली जनताले त्यसलाई गलत भनेन, विरोधमा आवाजहरू उठेनन्, त्रुटि त्यही“बाट सुरु भयो । संविधानसभा संविधान बनाउनका लागि थियो, मुलुकको भविष्यमा दूरगामी असर पर्ने खालका कुनै पनि गम्भीर प्रकृतिका निर्णय गर्नका लागि थिएन ।
गत जेठ महिनामा संविधानसभाको म्याद थप्नका लागि विभिन्न दलका नेताहरूको बैठक अर्कै कोठामा बसिरहेका बेला संविधानसभाको मुख्य हलमा संविधानसभाको म्याद थप्नुपर्ने माग गर्दै महिला सभासद्हरूले लगाएको नारालाई व्यङ्ग्यात्मक रूपमा हेरिएको थियो । विभिन्न सञ्चारमाध्यमहरूले त्यसलाई पुतलीको खेल, जागिर जाने भयका कारण गरिएको प्रदर्शनलगायतका टिप्पणी गरेका थिए । महिला सभासद्हरूप्रति गरिएका त्यसप्रकारका टिप्पणीबाट महिला सभासद् स्वयम् र महिला अधिकारकर्मीहरूलाई ठूलो चोट पुर्‍याएको थियो । साथै त्यतिबेला गरिएका नकारात्मक टिप्पणीहरूलाई गलत साबित गर्नका लागि संविधान निर्माण प्रक्रियामा सभासद्हरूको भूमिका विशेष हुनु आवश्यक छ । संविधान निर्माणका निम्ति उदासीनता बढ्दै गएकोले अब महिला सभासद्हरूले मुलुक र जनताप्रतिको इमान्दारी देखाउने बेला आएको छ । हिजो संविधानसभाको म्याद थप्नका लागि दिइएको दबाबभन्दा समयमै संविधान निर्माणका निम्ति निकै गुणा ठूला दबाबहरू दिनु आवश्यक छ । संविधानसभामा अहिले ६०१ मा १९७ जना महिला सभासद्हरू छन्, एकतिहाइ भनेको कुनै पनि विषयको वकालत र दबाबका निम्ति ठूलो सङ्ख्या हो, त्यसैले पार्टीको ‘लाइन’ जेसुकै भए पनि यो मुलुकलाई सङ्क्रमणकालबट मुक्त गर्न र मुलुकको अन्योल परिस्थितिमा सधंै अल्भिmनबाट जनतालाई मुक्ति दिन अब महिला सभासद्हरूले विशेष भूमिका खेल्नर्ुपर्छ । यो मुलुक प्रचण्ड, झलनाथ, माधव, सुशील या रामचन्द्रहरूको मात्रै होइन यो मुलुक सुप्रभा, सपना, अष्टलक्ष्मी, पम्फा, हिसिलाहरूको पनि त्यत्तिकै हो । त्यसैले मुलुकप्रतिको दायित्व अब उनीहरूले पनि त्यतिकै समान रूपमा निर्वाह गर्नुपर्छ ।
नेपालमा हुने गरेका राजनीतिक गतिविधि र गम्भीर प्रकृतिका निर्णयहरूको कुरा गर्दा अव्यावहारिक लाग्ने धेरै कुरा छन् । राति महिलाका लागि उपयुक्त समय होइन तर हरेक महत्त्वपूर्ण निर्णयहरू राति नै हुने गरेका छन् । रातिका बैठकहरूमा पुरुष राजनीतिकर्मीहरू गम्भीर बहसमा केन्दि्रत हु“दा महिला राजनीतिकर्मीको ध्यान भने आफ्ना बच्चाहरूले खाना खाए कि खाएनन् होला – स्कुलबाट आएर केही नखाई भोकै सुते कि – घरमा दाल, चामल, पानी, तरकारी के थियो थिएन देखि लिएर घरमा पुग्दा श्रीमान् रिसाएर बसिरहेको पो छ कि सम्मका कुराहरू दिमागमा खेलिरहेका हुन्छन् । कति महिला सांसदहरू राति घर पुग्दा श्रीमान्ले खुब ठूली मान्छे भइस् घर आउने बेला यही हो – भनेर प्रश्न गर्ने गरेका छन् भने कति बच्चाहरूले राजनीतिमा संलग्न आफ्नी आमाको कमाइ र उनीहरूलाई दिन नसकेको समयमाथि प्रश्न उठाएका छन् । विभिन्न राजनीतिक दलमा सक्रिय आमाहरूलाई प्रायः तिनका बच्चाहरूको प्रश्न हुने गर्छ, ‘तपाईं घरमा पनि बस्नुहुन्न, हाम्रो फी तिर्ने बेलामा पैसा पनि हु“दैन, तपाईं केका लागि बाहिर हि“ड्नुहुन्छ – तपाईंको पार्टी र राजनीतिले हामीलाई के दिएको छ -‘ तर, त्यही ठाउ“मा श्रीमान् राजनीतिमा छ भने उनकी श्रीमतीले आफ्ना बच्चाहरूलाई त्यसप्रकारको प्रश्न गर्ने वातावरण दिन्नन्, उनीहरू आफ्ना बाबुको राजनीति गराइप्रति गर्व गरिरहेका हुन्छन् । बाबु दिनभरि बाहिर हि“ड्नु र आमा हि“ड्नुलाई घर, परिवार, समाज, बच्चाहरू, ठूला-साना परिवारका सदस्य सबैले हेर्ने दृष्टिकोण फरक छ । चाहे सभासद् होस्, मन्त्री या अन्य राजनीतिक पद सम्हालेर बसेका या पदमा नरहेका महिला बच्चाप्रतिको दायित्वमा उनीहरूले सधैं ग्लानि महसुस गरिरहनुपर्ने अवस्था छ तर त्यही ठाउ“मा पुरुषले त्यसप्रकारको ग्लानि अनुभव गर्नुपर्दैन । हाम्रो सामाजिक संरचना, परिवारमा महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूले निर्वाह गरिरहेको उत्तरदायित्वलाई बुझेर पनि नबुझेजस्तो गर्ने गरिएको छ । फलतः राजनीतिमा संलग्न महिलाहरूले समयको कुरा उठाए भने भन्ने गरिन्छ, ल…तपाईंहरू समानताको कुरा गर्ने अनि राति बैठक नराख्नुस् भन्ने – तपाईंहरू जस्तो मान्छेले त यस्तो भन्नुभएन नि । राजनीति महिलाका निम्ति होइन भनेर स्थापित गर्नका लागि यहा“ अनेक प्रयासहरू हुने गरेका छन् तर जे-जे भए पनि वर्तमानमा धमिलिएको यो राजनीतिलाई महिला राजनीतिकर्मीले नै संग्ल्याउन सक्छन् भन्ने कुरा प्रमाणित गर्नुपर्ने चुनौती पनि महिला सभासद्सामु छ । विगतमा महिलाको मुद्दामा एक हुने गरेका केही उदाहरण हामीसामु छन्, अब महिलाका मुद्दामा मात्र होइन राष्ट्रिय मुद्दाहरूमा, यो मुलुक र यहा“का जनताको भविष्यको कुरामा पनि महिला सभासद्हरू एक हुनुपर्ने अवस्थाको सिर्जना भएको छ । यो एउटा अवसर पनि हो । महिला सभासद्हरू † तपाईंहरू अगाडि बढ्नुस्, भोलि पार्टीले साथ दिएन भने जनताले तपाईंहरूलाई साथ दिनेछन् ।