फेरि तिम्रो नेतृत्वको धोको अधुरै रह्यो

फेरि तिम्रो नेतृत्वको धोको अधुरै रह्यो


-स्वयम्भुनाथ कार्की
वयोबृद्ध नेता, नेपाली काङ्ग्रेसका संस्थापक, सन्तनेता, किशुनजी यस्तै-यस्तै अनेकौँ नामले चिनिनुहुने कृष्णप्रसाद भट्टराईको निधन भएको छ । विष्णु सशस्त्र नाम भनेभै+m किशुनजीका पनि अनगिन्ती नाम लिन सकिन्छ । ती सबै नाम उहाँको व्यक्तित्व, कार्य, सिद्धान्तनिष्ठले कमाइएका नाम हुन् । केवल किशुनजी मात्र यस्तो नाम हो जो उहाँको कमाइ नभएर मान्छेले प्यारो गरेर दिएको हो । जसरी आलु सबै तरकारीमा समान रूपले मिल्छ त्यस्तै सबैसँग मिल्न सक्ने खुवी किशुनजीमा रहेको थियो । अजातशत्रु किशुनजीका कोही शत्रु भने थिएनन् । तै पनि उहाँको जीवनमा आफ्ना ठानिएकाहरूबाट प्राप्त धोकाको साह्रै ठूलो कुम्लो थियो । पराईले हमेसा माया गरिएका किशुनजी जीवनभर आफ्ना भनिएकाहरूबाटै प्रताडित हुनुभयो ।
अरू समकालीन नेताहरूले जस्तै उहाँले पनि आफ्नो राजनीतिक दीक्षा नेपालबाहिरै प्राप्त गर्नुभयो । तर, अन्य नेताहरूको झैं विदेशी नेताहरू कोही प्रिय हुने कोही अप्रिय हुने प्रवृत्ति उहाँमा कहिल्यै देखिएन । त्यस्तै विदेशी नेताहरूले पनि सबैले एकैनासको महत्त्व दिने एकमात्र व्यक्तित्व उहाँ नै हुनुहुन्थ्यो । आफ्नो सिद्धान्त कुनै शक्तिको प्रभावमा छोड्नुभएन । चाहे त्यो राज्यशक्ति होस् वा भीडशक्ति । यसरी आफ्नो सिद्धान्तमा अडिग रहने, कुनै डरधम्की, लोभलालचले विचलित गर्न नसक्ने व्यक्तित्व नै सच्चा लौहव्यक्तित्व हुन्छ । तर्सथ किशुनजी लौहपुरुष हुनुहुन्छ ।
छाता र सुराही लिएर मुलुकको प्रमुख कार्यकारी पद सम्हालेका किशुनजी त्यो पद छोड्दा पनि छाता र सुराहीकै मालिक हुनुहुन्थ्यो । योभन्दा ठूलो स्वच्छताको अर्को उदाहरण के हुन सक्छ? विवाहित नभए पनि कुमार नभएको उद्घोष बारम्बार गर्ने अनि मलाई रक्सी पिउनुपर्छ भनेर आफ्नो कुलत पनि उदाङ्ग पार्न सक्ने नैतिक शाहस लौहपुरुषमा नै हुन सक्छ । रसिक स्वभाव र ठट्यौलो पाराले कठिनभन्दा कठिन परिस्थिति पनि सहजै हल गर्न सक्ने उहाँको कौशलसम्म भ्यागुताको धार्नी पुर्‍याउन नसक्ने अहिलेका स्वधोषित चमत्कारी नेताहरू पुग्न सक्दैनन् । सहजै आफ्नो कार्य पूरा गर्न सक्ने खुवी अहिलेको युगको सबैभन्दा दर्ुलभ गुण हो । विदेशी भूमिमा राजनीतिक दीक्षा पाए पनि राष्ट्रको हित बन्दकी राखेर विदेशीको गुण नतिर्ने राष्ट्रप्रेम सबै राष्ट्रवादीहरूका निमित्त अनुकरणीय गुण हो ।
प्रतिकूल परिस्थिति भनेर आफ्ना सबै संगीसाथीहरू स्वनिर्वासनमा जाँदा पनि आफ्नो अटल सिद्धान्त र दृढ इच्छाशक्ति लिएर आफ्नो वर्चश्व कायम राख्न सक्नु चानचुने कुरा होइन । किशुनजीलाई जसका विरुद्धमा लड्नुभयो त्यसैले पनि माया गर्‍यो, सम्मान गर्‍यो । सम्भवत यो नै धर्मयुद्ध थियो । राजनीतिजस्तो पेसामा पनि अनवरत रूपले आफ्नो आध्यात्मिक आस्था अनि त्यसअनुसार आफै ले निर्धारण गरेको कर्तव्य पूरा गर्न सक्नु केवल किशुनजीकै बुताको कुरा हो । उहाँको गीतापाठ अनवरत रूपमा निर्बिघ्नतापूर्वक कायम रहेको उदाहरण जीवनमने हरेक पक्षलाई सामन्जस्य कायम गर्न सक्ने सीपको नमुना हो ।
आजभोलिका नेताहरू भीडको पछाडि दगुर्छन्, आफ्नो निष्ठा र सिद्धान्त भीडको रुचिको निमित्त परिवर्तन गर्छन् । यो काम किशुनजीले कहिल्यै गर्नुभएन तर्सथ राजनीतिवाजको झुण्डमा उहाँ राजनेता हुनुहुन्थ्यो भन्नलाई हिचकिचाउनुपर्ने कुनै कारण छैन । अन्तसम्म उहाँ आफ्नो सिद्धान्तका निमित्त सङ्घर्षशील हुनुहुन्थ्यो । जीवनको यो अन्तिम पाटोमा आफ्नैसँग सङ्घर्ष गरिराख्नुभयो । भीडको नेता होइन भीडलाई नेतृत्व दिने नेता बनिराख्नुभयो । किशुनजी लौहपुरुष हुनुहुन्थ्यो चिरकालसम्म लौहपुरुषका रूपमा नै सम्झनामा रहनुहुनेछ । भारी मन गह्रौँ हृदय अनि अश्रुपुरित नेत्रले लौहपुरुषलाई बिदाइ दिनुपर्ने भएको छ । नेपालीको आकाङ्क्षा किशुनजीको सानिध्य हो तर विधिको विधानविपरीत कोही जान सक्दैन तर्सथ मन मिचेर मुटु थिचेर भए पनि बिदा लौहपुरुष, बिदा । सर्वसाधारणका आशाका केन्द्र, एकपटक फेरि त्रि्रो नेतृत्वमा नेपालको गौरवको निमित्त लड्ने धोको अधुरै रह्यो, श्रद्धाञ्जलीसहित बिदा लौहपुरुष ।