गुणस्तरीय शिक्षाको विकासमा सबैको समन्वय आवश्यक

सार्वजनिक तथा निजी क्षेत्रका विद्यालयको शिक्षाको गुणस्तर बढाउन सरकार तथा निजी क्षेत्रको संयुक्त प्रयास हुनुपर्नेमा शिक्षाविद्हरुले जोड दिएका छन् । उनीहरुले सरकार, सार्वजनिक तथा निजी क्षेत्रका विद्यालयको समन्वयबाट मात्र देशमा गुणस्तरीय शिक्षाको विकास हुने बताएका छन् । शिक्षाविद् डा विद्यानाथ कोइरालाले संविधानप्रदत्त रोजगारमुलुक शिक्षा, जीवन उपयोगी एवं व्यवहारमुखी शिक्षालाई आधार बनाएर प्रतिवेदन तयार पारेको उल्लेख…