भोटेकोसीमा बाढीको सूचना दिने साइरन जडान

सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोसी नदीको पुलमा बाढीको पूर्वसूचना दिने यन्त्र जडान गरिएको छ । ‘हरिमाया फाउन्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्वसूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानकारी दिए । हालै मात्र उक्त यन्त्र जडान गरिएको र स्थानीयवासीको माग भई आएमा अन्य स्थानमा पनि जडान गरी…