नेपाल वायुसेवा निगम सञ्चालक समितिमा खरेल

नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गरेका छन् । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले खेरललाई सञ्चालक समितिको सदस्यमा नियुक्ती गर्ने निर्णय गरेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । खरेल यसअघि २०७५ साल जेठ १४ गते महाप्रबन्धकमा नियुक्ती भएपनि विभिन्न कारण देखाउँदै एक बर्षमै राजिनामा दिएका थिए ।