चौरजहारीमा प्राकृतिक विपत्तिबाट चार करोडको क्षति

रुकुमको चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भूक्षयबाट तीन करोड ६९ लाख ६३ हजार रुपैयाँबराबरको क्षति भएको छ । नगरपालिकाका १४ वटै वडामा वर्षाले क्षति पुऱ्याएको छ । बाढी र पहिरोले घर तथा अन्नबालीमा क्षति पुगेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारका अनुसार बाढीबाट नगरपालिकाका १० परिवार घरबारविहीन भएका छन् भने २७…