बाढीका कारण दुधौली खोलाको पुल भासियो

सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो । पुल भासिदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ । बाढीका कारण वैकल्पिक राजमार्गअन्तर्गत कटारी–दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएपछि अहिले चार पाङग्रे सवारी साधन सञ्चालनमा…