सडक सुविधासँगै हवाई यात्रु घटे

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ । जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घन्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौं आवतजावत गर्ने हवाई यात्रुको चाप घट्दै गएको हो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार अहिले हवाई यात्रुको चाप ४० प्रतिशतले कमी आएको छ । एक महिनाअघि दैनिक १४ देखि १६ वटासम्म…