देउवालाई गुटको नेता नबन्न पौडेलको आग्रह

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गरेको निष्ठाको राजनीति सबैका लागि अनुकरणीय भएको बताएका छन् । शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौँ स्मृति दिवसका अवसरमा आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पौडेलले सो कुरा बताएका हुन् । उनले भने, ‘आचार्य विद्रोही स्वभावको व्यक्ति हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण वि.सं. २०१७ मा राजा महेन्द्रलाई कालोझन्डा…