काठमाडौं उपत्यका केबलकार सञ्चालनका लागि योग्य

काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तीमा १५ अर्ब रुपैपाँ खर्च लाग्ने इन्जिनियरिङ अध्ययनले देखाएको छ । करिब ४० लाख जनसङ्ख्या रहेको केन्द्रीय राजधानी काठमाडौं उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले यहाँ केबलकार सञ्चालन गर्न सम्भव भएको देखाएको हो । केबलकार निर्माण, जडान र सञ्चालनमा विश्वमा…