हावाहुरीले रुपन्देहीमा ४० प्रतिशत केराखेतीमा क्षति

पुनहरि बेल्बासे, भैरहवा गतराति पानीसहित आएको हावाहुरीका कारण रुपन्देहीमा झन्डै ४० प्रतिशत केरा खेतीमा क्षति पुगेको छ । हावाहुरी र पानीले केरा, तरकारी र फलफूलमा ठूलो मात्रामा क्षति पुऱ्याएको छ । रुपन्देहीमा करिब ७ सय हेक्टर क्षेत्रफलमा केरा खेती गरी वार्षिक १७ हजार मेटिकटन केरा उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ…