प्रधानमन्त्रीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् । सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा आकारमा दीप प्रज्वलन गरी नेता तथा कार्यकर्ताले ओलीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । नेकपा (एमाले) प्रदेश कमिटी सदस्य…