पशुपतिका बाबा गाँजाको तालमा लठ्ठ (फोटोफिचर)

फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रिका अवसरमा हिन्दूहरूका आराध्यदेव पशुपतिनाथमा भक्तजनहरुको घुइँचो लागेको छ । सिमसिमे पानी परे पनि बिहानैदेखि पशुपतिमा भक्तजनहरूको भीड लागेको थियो । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३:१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए…