कृषि मन्त्रालयका कर्मचारीबाट एक करोड सहयोग

मुलुकभर बाढी र पहिरोबाट भएको क्षतिको उद्धार र राहतका लागि कृषि विकास मन्त्रालय मातहतका सबै कर्मचारीले आफ्नो तलबबाट १ करोड २० लाख रुपैयाँ सहयोग गरेका छन् । कृषिमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा मन्त्रालय मातहतका सबै निकायका प्रमुखको बैठकले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ । जसअनुसार सचिवले पाँच दिन, सहसचिवले चार दिन, उपसचिव र अधिकृतले तीन…