प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु

नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ‘प्रधानसेनापति पाँचौँ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७४’ शुरु भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डास्थित फुटबल मैदानमा एक समारोहकाबीच शुक्रबार निर्णायक मण्डललाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगितामा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिम र विहार महिला फुटबल टिम गरी दुई, घरेलु विभागीय महिला…