सुनसरीबाट काङ्ग्रेस महामन्त्री सिटौलालाई पत्र

प्रसङ्ग केही दिनअघिको हो । सुनसरीको धरानस्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा सुनसरी क्षेत्र नं. १ द्वारा आयोजित क्षेत्रीय कार्यकर्ता भेलामा अतिथिका रूपमा उपस्थित थिए नेपाली काङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला । हरबखत प्रसन्न मुद्रामा प्रस्तुत हुन खोज्ने उनको चेष्टा त्यस दिन पनि कायम नै थियो । देशको एक नेता वा काङ्ग्रेस महामन्त्रीको हैसियतले उनले अत्यन्त गम्भीर…