मधेस आन्दोलनको आडमा बालुवा-गिट्टी तस्करी

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएपछि २०६९ सालदेखि चुरे क्षेत्रबाट ढुङ्गा, बालुवा र गिट्टी सङ्कलन तथा उत्खननमा रोक लगाइए पनि रौतहट जिल्लाको चुरे क्षेत्रबाट व्यापक रुपमा ढुङ्गा चोरी–निकासी भइरहेको छ । पछिल्लो समय राजनीतिक संरक्षणको आडमा तस्करले निर्धक्क रुपमा ढुङ्गा उत्खनन गर्दै आइरहेका छन् । चन्द्रपुर नगरपालिका–२ गैँडाटार, मोरङ्गे, भोलनटार, ब्रह्मस्थानलगायत क्षेत्रमा ढुङ्गा उत्खनन गरी…