कांग्रेस अब बीपीतिर !

नेपाली कांग्रेस अब कांग्रेसको मौलिक रूपमा फर्कने सम्भावना बढेको छ । बीपी कोइरालाको विचार र दर्शनविरुद्ध गिरिजाप्रसाद कोइरालालाई प्रयोग गरी कम्युनिस्टको एजेण्डा बोक्न लगाउनेहरू पार्टीभित्र किनारा लागेपछि कांग्रेस आफ्नै रूपमा फर्कने सम्भावना बढेको हो । गिरिजाप्रसादलाई अघि लगाएर कांग्रेसलाई कम्युनिस्टको एजेण्डा बोकाउने नेताहरूमा कृष्णप्रसाद सिटौला, नरहरि आचार्य र युवा नेता गगन थापा पर्दथे । नेता…