युरोपेली प्रतिनिधिसँग कांग्रेस नेताले भने- ‘राष्ट्रपतीय प्रणालीको वकालत गर्नु बेइमानी’

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीसँग युरोपेली संघको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले आज उहाँकै निवास गोंगबुमा शिष्टाचार भेट ग¥यो । युरोपेली सांसद नीना गिलले नेतृत्व गरेको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पर्यवेक्षणको सिलसिलामा सरोकारवाला पक्षसँगको भेटघाट गर्ने क्रममा पूर्वमन्त्री एवं कांग्रेस नेता केसीसँग भेटेको हो । यसअघि सो प्रतिनिधिमण्डलले नेकपा (एमाले) का अध्यक्ष…