बागलुङमा यस वर्ष ११ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने भएका छन् । बागलुङ नगरपालिका– १३ पैयुँपाटा र बढीगाड गाउँपालिकाको ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल र बाँकी नौ स्वास्थ्यचौकीका भवन बन्ने भएका हुन् । भीमगिठे, दगातुम्डाँडा, मालिका, पैयुँथन्थाप, भीमापोखरा, अर्गल, अमरभूमि, दर्लिङ र नारायणस्थानमा स्वास्थ्यचौकी भवन बन्नेछन् । शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका अनुसार भवन निर्माणको…