माओवादी केन्द्रको उपाध्यक्षमा अग्नि र पम्फा

नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । सो दलले बुधबार सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरिएको जनाएको हो । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । पूर्वसभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा…