‘आफ्नो टाउको फुटेपछि मीतको टाउको बेलैसरि !’

✍ अर्जुनराज पन्त घटना यस्तै ०५२ सालतिरको हो, मुलुकमा प्रजातन्त्र आइसकेपछि एक किसिमको सामाजिक जागरणका लहरहरू चले । गाउँ-गाउँमा आमा समुह नामका समुह खडा भए, रक्सी फाल्ने र जुवातास बन्द गराउने अभियान शुरू भयो । सकेका कामहरू आफै गर्थे नसकेका काममा प्रहरी/प्रशासनको साथ सहयोग लिएर पनि काम गर्थे । २४सै घण्टा तास खेलेर ब्यारेकमा बिताउने…