गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई

धरानमा सम्पन्न चौथो संस्करणको ‘गोर्खा ट्रेल ब्लेजर’ दौड प्रतियोगितामा पुरुषतर्फ उमेश थापा र महिलातर्फको उपाधि प्रिया तामाङले जितेकी छन् । शनिबार (१४ चैत) सम्पन्न १० किलोमिटर दौड धरानका धावक थापाले २५ मिनेट ५१ सेकेन्डमा र महिलातर्फ दार्जिलिङकी प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा उक्त दूरी पार गरे । विजेता दुवै जनालाई जनही रु २० हजार…