नारायण न्यौपाने, काठमाडौं यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौं परिसरमा भेटिनुभएका बाजुरा त्रिवेणी नगरपालिका-७ का लोकेशकुमार अयडी निकै हतारमा देखिनुहुन्थ्यो । उहाँसँगै सोही जिल्लाकै गौमूल-४ की पुनम कुँवर हरियो कुर्तासलवार अघिपछि गर्दै हुनुहुन्थ्यो । उहाँहरू अदालतमा अन्य कुनै प्रशासनिक झमेला र न्यायका लागि आउनुभएको भने थिएन । त्यहाँ…