ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो । महर्जनले घरमै स्वास्थ्य लाभ गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताएका छन् ।