भारतीय नक्साको विरोधमा जापानमा ज्ञापनपत्र बुझाइने

■ श्याम क्षेत्री, टोकियो हालै भारतले जारी गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएकोप्रति गैरआवासीय नेपाली संघ, जापानको अगुवाईमा टोकियोमा शान्तिपूर्ण विरोध ऱ्यालीको आयोजना गरिने भएको छ । एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीका अनुसार जापानस्थित समग्र नेपाली समुदायको ध्यानाकर्षण भइरहेको सन्दर्भमा जापानस्थित भारतीय दूतावासमा जापानमा रहेका सम्पूर्ण संघ संस्था तथा बुद्धिजीवीहरुको सहकार्यमा…