■ प्रकाश केसी, लण्डन ...अनि दशैँ, त्यसपछि तिहार सकियो । यो वर्षको लागि दशैं र तिहार, क्यालेण्डरमा रातो रङ्गले कोरिइसकिएको छ । एउटा स्वघोषित उत्साह बोकेर, एउटा पारम्पारिकताको धरोहर धान्नु पर्दछ भन्ने भावनालाई निरन्तरता दिने प्रण, एउटा अलिकति भए पनि बाल्यकालको मीठो सम्झनामा अड्किएको मिठास र त्यसपछि पनि सँगालेर राखिएको चाडपर्वानुसारका रहरहरूले भर्खरै सबैको मनबाट…